- दमौली ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
दमौली जिल्लाको व्यास ४ तालघरेमा रहेको ‘होलिडे’ मा फोहोर र लेउ भेटिएको हो । दमौलीका अचित पन्थले व्यास- ३ मा रहेको एक किराना पसलबाट होलिडे पानी खरिद गरी पिउने क्रममा लेउ र फोहोर भेटिएको छ ।पानी शिलप्याक भए पनि उनले खरिद गरिएको पानीमा लेउ भेटिएको हो । होलिडे ब्राण्डका अन्य बोतलमा समेत लेदो र फोहोर भेटिन सकिने स्थानीयले बताएका छन् ।१ लिटर बोतलको प्रशोधित पानीमा उत्पादन मिति ८ जुन उल्लेख गरिएको छ । पानीको म्याद ३ महिना अवधि बाँकी रहे पनि यस्तो भेटिनु उद्योगको लापारबाही भएको उपभोक्ताहरुले बताएका छन् ।
अत्यन्तै तिर्खा लागेर पानी मागेर पिउने क्रममा बोतलमा लेउ र फोहोर भेटिएपछि पसललेलाई जानकारी गराइएको उपभोक्ता पन्थले जानकारी दिए । उनले सर्वधारणको स्वास्थ्य माथि खेलबाड भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !