- काठमाडौं ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
दिनमा १५ घन्टासम्म प्रहरी डिउटीमा खटिन्छन् । लकडाउन सुरु भएयता त प्रहरीको खटाई अझै बढेको छ । तर, राज्यले प्रहरीको पीडा बुझ्न सकेको छैन ।
फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको ६ महिना बित्दा पनि सुरक्षाफौजले अझै भत्ता पाउन सकेका छैनन्। जोखिम मोलेर महामारी नियन्त्रणमा खटिरहेका सुरक्षाकर्मी भएको निर्णय कार्यान्वयन नुहँदा निराश बनेका छन्। यसबाट सरकार सुरक्षाकर्मीप्रति उदासीन बनेको उनीहरुको गुनासो छ। जोखिम मोलेर कार्यक्षेत्रमा खटिँदा पनि पाउने भनिएको जोखिम भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल घटेको हो।
कोरोना भाइरस ( कोभिड -१९ ) बाट ७ वटै प्रदेशका प्रहरीहरु संक्रमित भएका छन् । लकडाउन कार्यान्वयन, सीमामा खटिएका, अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी र उनीहरूको सम्पर्कमा आएका अन्यलाई कोरोना संक्रमण देखिएको छ । फिल्डमा खटिदा आवश्यक पर्ने मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सतर्कताका लागि चाहिने सामग्री प्रशासनले उपलब्ध नगराएको गुनासो गरेका छन् । त्यति मात्रै होइन, दिनभरी काम गर्दा राज्यको तर्फबाट खाजापानीको समेत व्यवस्था नगरेको उनीहरु बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !