- बारा,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – आलोक यादव

प्रदेश नम्वर २ बाट खटेको विशेष टोलीले सोमबार बिहान ४ बजेको समयमा कोल्भी नगरपालिका वडा नम्वर ९ श्रीपुरबाट सो गाँजा बरामद गरेको डिआइजी कृष्ण ब्रमहचार्यले जानकारी दिएका छन् । टोलीले सुचना पाएसँगै कारको पछि गर्दै जादा श्रीपुरमा प्रदेश नम्वर. ३.०१.०२२ च ८१३४ डस्टन रेडि गो नम्वरको कारमा लक लगाएर राखेको अवस्थामा नियन्त्रणमा लिएको डिआईजी ब्रमहचार्यले जानकारी दिए । कारको लक तोडेर हेर्दा कारको डिक्कीमा उक्त गाँजा बरामद गरिएको हो ।
कारको साचो नभएकोले अवैध गाँजा ढुवानी गर्नको लागि स्थानिय नगरप्रमुखको समन्वयमा जिल्लाको टोलीले उक्त गाँजा जिल्लामा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । डिआइजीको आगमनसँगै एक हप्तामा सशस्त्र प्रहरीले जिल्लाको विभिन्न नाकाबाट करिब ५ लाख भन्दा बढिको भन्सार छलेर ल्याएका ईलेक्ट्रोनिक्स समान, सुतीका कपडाहरु, किराना समानहरु लगायतका साथै मालसमान ढुवानीमा प्रयोग भएको साईकल समेत बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी उपरिक्षक रोविन कर्णजितले बताएका छन् ।
साथै १६ वटा चौपाया अन्र्तगत पाडापाडी भैंसी पनि नियन्त्रणमा लिएको हो । खुल्ला बोर्डर भएको कारणले गर्दा खेतमा चराउन भनेर लगि तस्करी गरिएको भेटिएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।


