- काठमाडौं ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
सरकारले भदौ १७ देखि अलपत्र नेपालीहरुको उद्धार र चार्टर्ड उडान आरम्भ गर्दैछ । कोरोना महामारीपछि सरकारले गर्दै आएको उद्धारको यो छैटौं उडान हो । सरकारले उडानका लागि सरकारी र नीजी दुवै हवाइ कम्पनीहरुसँग सहकार्य गर्नेछ । त्यस्तै निजी क्षेत्रको विमान सेवा प्रदायक हिमालय एयरलाइन्सले आगामी १७ देखि असोज १३ गतेसम्म चार्टर्ड उडानको जिम्मा पाएको छ ।
उसले भदौ १७ गतेबाटै उडान भर्ने जानकारी गराउदै भदौ ३० गतेसम्मको उडान तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार उसको पहिलो उडान काठमाडौं–माले–काठमाडौं उडान हुनेछ। त्यस्तैगरी सेप्टेम्बर ३, ६, ८, २३ तारिखमा काठमाडौं–दोहा–काठमाडौं, सेप्टेम्बर ९, १७, २२ र २९ तारिखमा काठमाडौं–दमाम–काठमाडौं ९साउदी अरेबिया० र सेप्टेम्बर १५ मा काठमाडौं-कुवेत-काठमाडौं एउटा उडान भर्नेछ ।
तालिकामा प्रत्येक उडानमा लाग्ने भाडादरपनि समाबेश गरिएको छ । माले–काठमाडौं उडानको लागि ४८० अमेरिकी डलर, दोहा-काठमाडौंको लायिग ३९२ अमेरिकी डलर, दमाम–काठमाडौंको लागि ४६५ अमेरिकी डलर र कुवेत-काठमाडौंको लागि ४१० अमेरिकी डलर भाडादर तोकिएको बताइएको छ । यी सम्पूर्ण भाडादरहरु करसहित रहेको बताइएको छ ।
त्यस्तै नेपाल आउने यात्रुले ७२ घण्टा भित्र गरिएको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने बताइएको छ । सरकारले पीसीआर नेगेटिभ रिपोर्ट देखाए्र नेपाल आउने यात्रुलाई सिधै घर जान दिने बताएको छ । तर उनीहरुले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।
त्यस्तै पीसीआरको सुविधा नभएको मुलुकबाट आउने यात्रुले काठमाडौं आएर सशुल्क होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । उनीहरु ७ दिनको होटल क्वा्ेन्टाइन बसाइपछि पीसीआर परीक्षण गरि नेगेटिभ रिपोर्ट आएपछि घर जान पाउनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !