- बिरगंज ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – कृष्ण यादव
विश्व कोरोना भाइरस महामारीका कारण आक्रान्त बनेको छ । यस विसम परिस्थितिमा प्रदेश नं. २ मातहतमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुखको गैरजिम्मवारीपनका कारण पर्साका किसानहरु झनै पिडित बनेका छन् । पर्सा जिल्लामा बिगत लामो समय देखि लकडाउन तथा निषेधाज्ञा जारी रहेको बेला किसानहरुलाई मल, बिउ लगायतका समस्याहरु छ छदैछ तर कृषि ज्ञान केन्द्रबाट पाउने कृषि सम्बन्धि परामर्श तथा अन्य सेवा सुविधाहरु पनि नपाउनुले किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादव विगत डेढ महिना देखि कार्यालयमा उपस्थिति नहुंदा कार्यालयको कतिपय कार्यहरु पनि प्रभावित भएको छ ।
किसानहरुले लगाएको बालीमा विभिन्न किसिमका रोगहरु देखापर्न थालेपछि किसानहरु परामर्श तथा किटनाशक औषधीको लागि कार्यालयमा पुग्दा कार्यालय प्रमुख डा. यादव कार्यालयमा नभेटदा किसानहरु निरास भएर फर्किन बाध्य भएका छन् । कृषि ज्ञान केन्द्रमा एक मात्र विशेषज्ञ डा. यादवनै भएकोले उनि कार्यालयमा नआउदा सेवाग्राही किसानहरु झनै पिडित बनेका छन् । डा. यादव कमिसन आउने स्थान वा व्यक्तिहरुको सम्पर्कमा रहने गरेको र सर्वसाधारण किसानहरुले उनि सँग जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आउन नसकेको पर्सा बिन्दवासिनी गाउँपालिकाका एक किसानले गुनासो गरे । डा. यादवले आफ्नो मोबाइल पनि स्विच अफ गरी बस्नुले पनि उनि कति गैरजिम्मेवार छन् भनि सहजै आंकलन गर्न सकिन्छ । डा. यादव कार्यालयमा नबस्ने गरेको र बसेको बेला किसानहरु सँग झर्केर कुरा गर्ने तथा अभद्र व्यवहार गर्ने गरेको किसानहरुले दुःखेसो पोखेका छन् ।
प्रदेश नं. २ का केही मन्त्रि तथा सचिवहरुको संरक्षण आफुमाथि रहेको डा. यादव यादवले हवाला दिदै आफुमाथि कसैले केही गर्न नसक्ने विभिन्न समयमा अडकल काटने गरेको कार्यालयकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !