- लहान ,भदौ १४ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
लहान नगरपालिकाले वडा नम्बर ४ मा फोहोर फाल्ने डम्पिङ साइट बनाएका थिए । तर वडाबासीले त्यहाँ फोहोर फाल्न नदिएपछि लामो समयदेखि विवाद चल्दै आएको थियो । पछिल्लो समय एक महिनादेखि फोहोर नउठ्दा सिरहाको लहान बजार क्षेत्र दुर्गन्धित बनेको थियो ।
तर जिल्ला सुरक्षा समिति सिरहाको पहलमा वडाबासी र लहान नगरपालिकाबीच फोहोर उठाउन दिने विषयमा सहमती बनेको हो । लहान नगरपालिकाका प्रमुख मेयर मुनि साह सुडिका अनुसार खुट्टी र बलान नदी मिल्ने दुमुहानमा फोहोर फाल्ने सहमती भएको छ । सहमतीलगत्तै फोहोर उठ्न थालेको छ ।





















