- चितवन ,भदौ १४ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
चितवनमा शनिबार मात्रै ७३ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र काभ्रेको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका ६१ सहित ६५ जनामा संक्रमण देखिएको हो । परीक्षणमा रत्ननगरका ३८ जना, भरतपुर महानगरपालिकाको २२ जना, राप्तीको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगरको वडा ४ मा मात्रै ३५ पुरुष र २ जना महिलामा कोरोनासंक्रमण देखिएको हो ।
त्यस्तै वडा नम्बर १० मा १ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । राप्ती नगरपालिका वडा नम्बर ८ की एक महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै भरतपुर महानगरपालिकाका विभिन्न वडाका १९ पुरुष र ३ जना महिला रहेका छन् । नवलपुर , तनहुँ, लुम्बिनी र पाल्पाका एक एकजना पुरुषमा कोभिड १९ पोजिटिभ देखिएको छ ।
यता धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी–१२ का तीन जना पुरुष, खैरहनी–३ का दुई पुरुष र एक महिलागरि तीन जना, वडा नंं. ४ का २ जना पुरुष, वडा नं.९ का एक महिला र एक पुरुष, वडा नं.१० का एक पुरुष र वडा नं.१३ का एक महिला रहेका छन् ।
यस्तै भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना भरतपुरका र एक जना रत्ननगरका छन् । हाल सम्म चितवनमा कोरोना संक्रमितको शङख्या ५ सय ९७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणका कारण दश जनाको ज्यान गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !