- एजेन्सी ,भदौ १३ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
पाकिस्तानमा सेप्टेम्बरमा शैक्षिक संस्थाहरु खोल्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार १५ सेप्टेम्बर भित्र त्यहाँका सबै शैक्षिक संस्थानहरु खोल्ने बताएका छन् । उनले यस सम्बन्धमा सबै प्रान्तलाई आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका छन् ।पाकिस्तान सरकारले सेप्टेम्बर १५ देखि सबै स्कुल – कलेज खोल्ने निर्णय गरिसकेको थियो र शुक्रवार इमरान खानले यस निर्णयलाई फेरि मोहर लगाए । कोभिड १९ सम्बन्धी राष्ट्रिय समन्वय समितिको बैठकको नेतृत्व गर्दै इमरान खानले मानिसहरूलाई आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छन्।
बैठकमा घरेलु उडानहरूको लागि आवश्यक स्वास्थ्य निर्देशनहरूको समीक्षा गर्ने निर्णय गरिएको जनाइएको छ । बैठकमा पाकिस्तानमा कोरोना भाइरस संक्रमणको घटनाहरुबारे जानकारी दिएको थियो । पाकिस्तानमा कोरोना महामारीको सुधारको स्थितिलाई ध्यानमा राखी स्कूल कलेज खोल्ने र सबै शैक्षिक गतिविधिहरू सुरु गर्न आवश्यक सावधानीकासाथ छलफल गरिएको बताइएको छ।
बैठकमा स्वास्थ्य सल्लाहकारहरू पनि सम्मिलित थिए । उक्त बैठकमा पर्यटन क्षेत्र पुनः सुरु गर्नु, उड्डयन क्षेत्रको वर्तमान नियमहरुको पुनरावलोकन, परीक्षण र माइक्रो स्मार्ट लकडाउन जस्ता धेरै विषयमा छलफल गरिएको थियो। प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ घरेलु उडानका लागि स्वास्थ्य प्रोटोकल समीक्षा गर्न पनि निर्णय भएको छ।

















