- रौतहट ,भदौ १३ गते सनिवार ।।
- जनप्रभाब / सम्बादाता
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएको हो । हिरासतमा रहेका १९ वर्षीय विजयराम चमारको उपचारको क्रममा मृत्यु भएपछि महतो विवादमा मुछिएका हुन् ।
गत साउन ३२ गते राती गरुडा नगरपालिका–८ जिंहडियाका २२ वर्षीय निरञ्जन राम चमारको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अभियोगमा विजयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका उनको नेशनल मेडिकल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । विजयरामको मृत्युपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको छ ।
मृतक विजयरामका बाबु पनिलाल रामले प्रहरीले चरम यातना र अनुसन्धानको नाममा थर्डडिग्री प्रयोग गरेकाले सहन नसकेर विजयको मृत्यु भएको दाबी गर्दै आएका छन् ।

