- एजेन्सी ,भदौ १३ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
भारतमा पछिल्लाे समय तीव्र रूपले फैलिरहेकाे काेराेना भाइरस त्यहाँकाे दुर्लभ जनजाति समूहमा पनि देखा परेकाे छ । अण्डमान निकोबार द्वीप समूहमा काेराेना फैलिएसँगै त्यहाँ लाेपाेन्मुख समुदायमा पनि संक्रमण देखा परेकाे हाे ।
त्यस द्वीपमा अहिलेसम्म काेराेनाबाट ४१ जनाको ज्यान गएको छ भने दुर्लभ जनजाति समुदायका केही सदस्य मात्र संक्रमित भएकाे बिबिसीले जनाएकाे छ । ‘ग्रेट अण्डमानिज जनजाति’ समुदायका ४ सदस्य संक्रमित भएकाे बताइएकाे छ । यी मध्ये दुई जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ भने बाँकी दुई जनालाई एक केयर सेन्टरमा राखिएको छ ।
ग्रेट अण्डमानिज जनजाति समुदाय लाेपाेन्मुख रहेकाेछ, जहाँ जम्मा ५३ जना मात्र जीवित मानिसहरु छन् । अण्डमान निकोबार द्वीप समूहको पूर्वी हिस्सामा अहिलेसम्म अन्य मानिस गरी २ हजार ९८५ जना संक्रमित भेटिएकाे बताइएकाे छ । यी मध्ये ४१ जनाको ज्यान गइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !