- काठमाडौं ,भदौ १३ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द थापा पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।
कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्यमनत्री ढकाल र प्रधानसेनापति थापा पनि आइसोलेशनमा बसेका हुन् ।
त्यसोत, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा पनि सेल्फ आइसोलेसनमा बसिरहेका छन् । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा सहभागी कर्मचारीमा संक्रमण पुष्टि भएसँगै उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री ढकाल र प्रधानसेनापछि थापा होम आइसोलेसनमा बसेका हुन् । सो बैठकमा सहभागी सबैको कोरोना परीक्षण गरिएको भएता पनि रिपोर्ट आउन बाँकी रहेको जानकारी गराइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !