- काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
-
जनप्रभाब – सम्बादाता
मुलुकमा थप ९ सय २७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को इलामका १ जना, उदयपुरमा १ जना, ओखलढुंगामा १ जना, झापामा १५ जना, पाँचथरमा २ जना, संखुवासभामा २ जना, मोरङमा ४७ जना, सुनसरीमा ४१ र सोलुखुम्बुमा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनुषामा २० जना, पर्सामा १ जना, बारामा ४ जना, महोत्तरीमा १३ जना, रौतहटमा २१ जना, सप्तरीमा ७ जना, सर्लाहीमा १३ जना र सिरहामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठमाडौंमा ३ सय ५० जना, काभ्रेमा १७ जना, चितवनमा २६ जना, धादिङमा १६ जना, मकवानपुरमा ५१ जना, रसुवामा १ जना, सिन्धुलीमा २ जना, नुवाकोटमा ३ जना, सिन्धुपाल्चोकमा १ जना, ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा १६जना, गोरखामा १ जना, तनहुँमा ४ जना, नवलपरासी पूर्वमा ११ जना, लमजुङमा २ जना र बागलुङमा १ जनामा संक्रमण देखिएको छ ।
यता, प्रदेश ५को अर्घाखाँचीमा २ जना, दाङमा १ जना, कपिलवस्तुमा २ जना, नवलपरासीमा २ जना, बर्दियामा २ जना, बाँकेमा ३६ जना, रुपन्देहीमा ७२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, कर्णाली प्रदेशको जुम्लामा ६ जना, दैलेखमा ११ जना, सल्यानमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ जना, कैलालीमा ११ जना, डोटीमा ९ जनामा संक्रमण देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !