- काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
- जनप्रभाब / सम्बादाता
हालसम्म नेपालमा ७१ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक अन्य ६ प्रदेशका ७१ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको हो ।
महासंघका अनुसार प्रदेश १ मा १३ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मोरङका १२ जना र उदयपुरका १ जना रहेका छन् । त्यस्तै, प्रदेश २ मा २७ जना पत्रकारहरुमा संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु पर्साका १३ जना, बाराका ४ जना, धनुषाका २ जना, सप्तरीका ३ जना, सर्लाहीका ३ जना, महोत्तरीका र रौतहटका १/१ जना रहेका छन् । यता बागमती प्रदेशमा ११ जना पत्रकारहरु संक्रमित भएका छन् । जसमध्ये काठमाडौंका ९ जना र ललितपुरका २ जना रहेका छन् ।
यता गण्डकी प्रदेशमा ८ जना पत्रकारहरु संक्रमित भएका छन् । कास्कीका १ जना र नवलपुरका ७ जना गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश ५ मा ११ जना संक्रमित भएका छन् ।
बाँकेका २ जना, बर्दियाका १ जना, कपिलवस्तुका ६ जना र रुपन्देहीका २ जना गरी ११ जनामा संक्रमण देखिएको हो । त्यस्तै, कर्णालीकी दैलेखका १ जना पत्रकारमा संक्रमण देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !