- काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मादी गाउँपालिका–१० वार्चे घर भएका पस बहादुर गुरुङलाई पक्राउ गरेको छ ।
५८ वर्षीय पस बहादुरले १७ वर्षअघि एक व्यक्तिको ज्यान लिनेगरी सवारी दुर्घटना गराएका थिए । सो मुद्धामा कास्की जिल्ला अदालतले ०६० जेठमा उनलाई २ वर्ष ११ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका पसबहादुरलाई मादी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक जिवन श्रेष्ठले जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !