- काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन् ।
बिहीबार एक ट्विट गर्दै सिरोहियाले होटल सोल्टीसँग जोडेर आफ्नो चरित्र हत्या गरिएको बताएका हुन् ।
आफ्नाबारे मनगढन्ते हल्ला फैलाइएपछि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको उनले बताएका छन् ।
कस्तो हल्ला फैलाएर चरित्र हत्या गरियो भन्नेबारे भने उनले केही उल्लेख गरेका छैनन् ।
‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ सिरोहियाले ट्विटरमा लेखेका छन्, ‘यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णतः कपोलकल्पित र भ्रामक कुरा हो। यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजबिन गरी उनीहरूमाथि सख्त कानूनी कारबाही गर्न प्रहरीमा उजुरी दिइएको छ ।’
सिरोहियाले आफूमाथि फैलाइएको हल्लाबारे उल्लेख नगरे पनि होटल सोल्टी र महिलासँग जोडेर उनकाे चरित्र हत्या गरिएकाे थियाे । हुँदै नभएको रुम नम्बर उल्लेख गरेर गलत हल्ला फैलाइएपछि होटल सोल्टीको व्यवस्थापन अचम्ममा परेको थियो । सिरोहियालाई जोडेर गलत हल्ला फैलिएपछि विभिन्न व्यक्तिहरूले तारन्तार सम्पर्क गरेर हैरान पारेको नेपाल प्रहरीका एक अधिकारीले बताए ।
सामाजिक सञ्जाल दुरूपयोग हुने क्रम बढेको बढेको छ । मंगलबार मात्रै एक सरकारी निकायका प्रमुख नियुक्तिबारे गलत सन्देश सम्प्रेषण गरिएपछि सर्वसाधारण अन्याेलमा परेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !