- सिरहा, भदै ११ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
सिरहाको भगवानपुर गाउँपलिका -३ आभेनगरबाट सशस्त्र प्रहरीको टोलिले लागु लागुऔषध सहित एक भारतीय नागरिक लाई पक्राउ गरेका हो । गोपिय सूचनाको आधारमा सशस्त्र प्रहरी बल सिरहा र ठाडीको सन्युक्त प्रहरी टोलिले लागूऔषध सहित करोबारीलाई पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा भारतको ललमनीया बस्ने अन्दाजी २३ बर्शिय कुलेस्वर साहले भारतबाट लुकाई छुपाई गरी नेपाल भित्रीयाउदै गर्दा गोपिय सूचनाको आधारमा लागूऔषध कारोबारीलाई आभेनगर प्रहरीले पक्राउ गरेका छन् । बरामत गरेको लागूऔषधमा डैलेक्सडिसि ३थान, भ्याट टयाबलेट, नोर्फिन २० पता लागूऔषध सहि कारोबारी गृरोह साहलाई प्रहरीले पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी दिपेन्द्र गिरिले केहि हप्ता अगाडि सिरहा आउनु भएको हो ।
सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन ।
गोपिय सूचनाको आधारमा सशस्त्र प्रहरी बलको सन्युक्त प्रहरी टोलिले लागूऔषध कारोबारीको नाइँकेलाई पक्राउ गरेका छन् । बिशेष टोलिलाई हेर्दा तस्कर उमकिन खोजेको थिए , सशस्त्र प्रहरीले उमकिन दिएन नाइँ तस्कर साहलाई नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी गिरीले बताए । बरामत गरेको लागुऔषध र साहलाई अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !