- जनकपुरधाम ,भदौ ११ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक बृजकुमार यादबको घरमा एक समूहले आज ढुङ्गामुढा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर – २ स्थित पत्रकार यादबको घरमा ढुङ्गामुढा गरेपछि केहि व्यक्ति पक्राउ परेका छन् । पत्रकार यादबका अनुसार शिवशंकर साह ‘हिरा’, राजु साह, ललित साह, धिरेन्द्र साह लगायतका व्यक्तिहरु घरमा आएर एक्कासी ढुङ्गामुढा गरेका छन् ।
ढुङ्गामुढा गरेको आरोपमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढुङ्गामुढा गर्नेहरुमाथि प्रहरीमा उजुरी दर्ता गर्ने तयारीमा पत्रकार यादब जुटेको बताइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ८ मा रहेको आफ्नो जग्गा जातीयताको नाममा केहि व्यक्तिले अतिक्रमण गर्न खोजेको र रोक्न खोज्दा घरमा आएर आक्रमण गरेको पत्रकार यादबको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !