चितवन,भदौ ११ गते बिहीबार ।।
जनप्रभाब / सम्बादाता
चितवनमा एकै दिन ४५ जना कोरोना संक्रमित फेला परेका छन् । बुधबार भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेज ल्याबमा गरिएको परिक्षणमा ४५ जना संक्रमित फेला परेका हुन्।
भरतपुर कोभिड ल्याबमा २५ तथा चितवन मेडिकल कलेजको कोभिड ल्याबमा २० जना चितवनका मात्र फेला परेका हुन । यस अवला भरतपुर कोभिड ल्याबमा तनहुका एक जना त्यसतै चितवन मेडिकल कलेजमा नवलपुरका ३ जना, सर्लाहीका २ जना र तनहुका १ जनामा कोरोना पुष्टि भएको हो ।
यता भरतपुर महानगरपालिाकामा १८, रत्ननगर नगरपालिकामा १७, माडि नगरपालिकामा ९ जना भेटिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !