- सुनसरी ,भदौ ११ गते बिहीबार ।।।
- जनप्रभाब – सम्बादाता
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा रहेको युवि खाजा घरमा यौन धन्दा गरेको खुलसा भएको हो । खाजा घरमै यौन धन्दा चलाएको आरोपमा सञ्चालिका पक्राउ परेकी छन ।
होटल संचालक महिला र यौन संलग्नमा रहेका ४ पुरुष गरि ५ जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । होटलमा १४ देखि १६ बर्षका बालिकाहरु काममा लगाएको र ती बालिकाहरुलाई यौनधन्दामा लगाएको प्रहरीका् भनाई छ ।
शहरबाट विस्थापित भएर गाउँ गएका केहि महिलाहरुले यौनधन्दा ग्रामिण क्षेत्रमा गरिरहेको प्रहरीले बताएको छ । वराहक्षेत्रमा यौनधन्दा हुन थालेको भन्दै प्रहरीले निगरानी बढाएको हो । सुनसरी र उदपयुर जोड्ने सप्तकोशीको नयाँ पुल क्षेत्रका केहि होटलहरुमा समेत यौनधन्दा हुने गरेको प्रहरीले आशंका गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !