Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गौतमबुद्ध विमानस्थल निर्माण पनि ‘असारे विकास’ शैलीमा

लकडाउनमा समेत काम भएको भनिए पनि प्रगति विवरण ६ महिना अघिकै अवस्थाम

  • काठमाडौं ,भदौ ११ गते बिहिवार ।।
  • जनप्रभाब – सम्बादाता

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति करिब ६ महिनायता बढ्न नसकेको तथ्य प्रकाशमा आएको छ । त्यसो त कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले गर्दा कयौं आयोजना प्रभावित भएका छन् । तर गत फागुन यता आयोजना पटक–पटक आयोजनाका तर्फबाट दिइएको जानकारीमा ‘लकडाउनका बाबजुद काम जारी रहेको’ विवरण उल्लेख छ ।

गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीलाई उद्धृत गर्दै गत फागुन २९ मै आयोजनाको निर्माण कार्य ९० प्रतिशत पूरा भएको समाचार सरकारी न्यूज एजेन्सी ‘राष्ट्रिय समाचार समिति’ ले प्रेषित गरेको थियो ।
उक्त समाचारमा आयोजना प्रमुख प्रवेश अधिकारीले मात्र होइन, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पनि आयोजनाको काम ९० प्रतिशत पूरा भएको दावी गरेका छन् ।

उक्त समाचार प्रकाशित भएको साढे पाँच महिना पूरा भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा भने बल्ल आयोजनाको काम ९१ प्रतिशत पूरा भएको उल्लेख छ ।
व्यवहारिकतामा गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ४९ प्रतिशत सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार कोभिड–१९ र लकडाउन (बन्दाबन्दी)ले प्रभाव नपारेको भए गौतमबुद्ध विमानस्थल गत आर्थिक वर्षभित्रै सम्पन्न भइसक्थ्यो ।

जबकि, आयोजनाका तर्फबाट यसबीचमा कयौँपटक सूचना प्रवाह भएका छन्, जसमा लकडाउनका बाबजुद आयोजनाको काम सूचारु रहेको दावी गरिएको छ ।
गत चैत २६ गते रातोपाटीमै प्रकाशित समाचारमा आयोजना प्रमुख प्रवेश न्यौपानेले लकडाउनका कारण मुलुक ठप्प भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम भइरहेको दावी गरेका छन् ।

लकडाउनका कारण केही चिनियाँ कर्मचारी र आवश्यक केही उपकरण चीन मै रोकिए पनि भैरहवामा रहेका कामदारले कामलाई निरन्तरता दिएका भनेर आयोजना प्रमुखले प्रचार गरेका थिए । उक्त समाचारमा पनि आयोजना प्रमुख अधिकारीले आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको दावी गरेका छन् ।

गत साउन २३ गते रातोपाटीमै प्रकाशित समाचारमा आयोजना प्रमुख अधिकारीले कार्यप्रगति विवरण एक प्रतिशत बढाउँदै ९१ प्रतिशत काम सम्पन्न भएको जनाएका छन् ।
यतिमात्र होइन, आयोजनाका तर्फबाट बन्दाबन्दीमा करिब तीन प्रतिशत भौतिक प्रगति भएको दावी उक्त समाचारमा गरिएको छ । तर अढाइ सातापछि मन्त्रालयले भने बल्ल समग्र आयोजनाको ९१ प्रतिशत काम भएको प्रगति विवरण सार्वजनिक गरेको छ ।
झण्डै ६ महिनादेखि किन झुक्याइयो ?
बन्दाबन्दीमा समेत काम भएको भनेर व्यापक प्रचार भए पनि ६ महिना अघि कै प्रगति विवरणमा सीमित रहनुको कारणबारे रातोपाटीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराईसँग जिज्ञासा राखेको थियो ।
उनले यति ठूलो आयोजनामा यस्ता कुरालाई सामान्य मान्नुपर्ने बताए । लकडाउनका समयमा काम भएको भनिए पनि सामान्य अवस्थामा झैँ काम हुन नसक्ने भएकाले त्यसअनुसारकै प्रगति खोज्न नहुने उनको भनाइ थियो ।
प्रवक्ता भट्टराईले विमानस्थल निर्माणको काम बल्ल ९१ प्रतिशत पूरा भएको बताए । यसअघि नै ९० प्रतिशत भनिए पनि त्यसअनुसार काम नभएको उनको भनाइ थियो ।
पहिला ९० प्रतिशत काम भएको भनिए पनि त्यति काम नभएको आशय प्रकट गर्दै उनले लकडाउनका बेलामा अलिअलि काम अगाडि बढेको बताए ।

‘तपाईंहरुले कसरी लेख्नुभयो, त्यो थाहा भएन तर अहिले कोभिडका कारण काम सुस्त भयो,’ उनले रातोपाटीसँग भने, ‘प्राविधिक जनशक्तिका कारणले, सामग्रीका कारणले, आपूर्ति व्यवस्थाका कारणले काम सुस्त भएको हो, अहिलेचाहिँ यति पुगेको हो ।’

५/६ महिनाको समयलाई लामै भन्न मिल्ने भए पनि सामान्य हिसाबले मात्र काम भएकाले धेरै प्रगति नदेखिएको हुन सक्ने उनले बताए । अवस्था सामान्य भएको मितिले ५÷६ महिनाभित्र आयोजनाको सबै काम सकिने दावी उनले गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि लकडाउनका समयमा आयोजनाको काम जारी रहेको बताउँछन् ।

‘गौतमबुद्ध विमानस्थलको निर्माण कार्यले तीव्रता पाइरहेको छ । कोभिड–१९ कै बीच पनि काम रोकिएको छैन,’ मन्त्री भट्टराईले भने, ‘कोभिड–१९ र यसबाट सिर्जित विषम् परिस्थिति एवं लकडाउनका कारण काममा आंशिक प्रभाव पर्न गएकाले केही अप्ठ्यारा आए । र पनि हामीले निर्माण कार्यलाई निरन्तरता दिइरहेका छौं । सम्भवत अबको एक–दुई महिनाभित्र काम सम्पन्न हुन्छ ।’
मन्त्री भट्टराईका अनुसार कोभिड–१९ को प्रभाव नपरेको भए गत आर्थिक वर्षमै गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न भएर प्रयोगमै आइसकेको हुन्थ्यो ।

असारे विकासको प्रवृत्ति
कागजमा मात्र काम हुने वा फिल्डमै काम भए पनि टालटुले हिसाबले मात्र काम गर्ने प्रवृत्तिलाई नेपालमा ‘असारे विकास’ भनिन्छ । यस्तो काम प्रायः आर्थिक वर्षको अन्त्यतिर बजेट सक्नका लागि गरिन्छ ।

काम भइरहेको देखाउँदै आयोजनाका लागि बजेट प्रवाह गराइरहने उद्देश्यले नै यस्ता प्रचारवाजी भएको हुन सक्ने जानकारहरु बताउँछन् । लकडाउनका कारण काम ठप्प भएको समाचार प्रवाह हुँदा बजेट निकासा गरिरहन नपर्ने तर काम भइरहेको भनेर समाचार सार्वजनिक गराउँदा ठेकेदारका लागि भुक्तानी दिलाउने आधार तयार हुने भएकाले यस्ता खेल स्वाभाविक रुपमा हुने एक निर्माण व्यवसायी बताउँछन् ।

अब कार्यप्रगति विवरण बढाउँदा फाइदा नहुने उनको भनाइ छ । ‘काम सकिन लाग्यो भन्दै जाने हो भने त भुक्तानी माग्ने ठाउँ नै हुँदैन,’ उनले भने, ‘अब त फलानो कारणले ढिला भयो, यस्तो सामान पाइएन भन्नेजस्ता बहाना निकालेर काम लम्ब्याउने र लागत बढाउने खेल हुन्छ, आर्थिक वर्षको अन्त्यसम्म यस्तै खेल खेलेर बित्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh