- काठमाडौं ,भदौ ११ गते बिहीबार ।।
- जनप्रभाब / सम्बादाता
बाह्रविसे नगरपालिकामा बिगत लामो समयदेखि लेखा अधिकृत नहुँदा नगरपालिकाका दैनिक काममा समस्या भएको छ । नगरपालिकाकी लेखा अधिकृत सुनिता शर्मा २०७६ चैत १ देखि तिन महिनाको बिदामा घर गएको र अहिले सम्म नआएको बाह्रविसे नगरपालिकाका प्रमुुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।
प्रसुति बिदा भनेर घर गएपनि बिदा सकिदा पनि कार्यालयमा नआएको शेर्पाले जानकारी दिए ।
वाग्लुङ घर भएकी लेखा अधिकृतलाई उनको नम्बरमा फोन गर्दा समेत सम्पर्कमा नआएको शेर्पाको भनाइ छ । लेखा अधिकृत नहँुदा धेरै समस्या भएको भन्दै शेर्पाले भने असारमा सबै योजनाहरुको भुक्तानी गर्नुपर्ने भएपनि लेखा अधिकृत नहँुदा निकै समस्या भएको छ ।
मेयर शेर्पाका अनुसार लेखा अधिकृत नआएपछि त्रिपुरासुन्दरी गाउँपालिकाका लेखा अधिकृत रामप्रसाद आचार्यले आलोपालोमा काम फुकाउने गरेका छन् ।नियमत सरकरी कर्मचारीहरुले तिन महिना प्रशुती बिदा पाउछन्,तिन महिनाको बिदा सकिएपनि बाह्रविसेकी लेखा अधिकृत पनि सम्पर्कमा नै नआएकी हुन् । कोरोनाको माहामरीको बिचमा पनि लेखा अधिकृत नहुदा गाह्रो भएको नगरपालिकाले जानकारी दिएको छ ।
बिकासे योजनाहरुको भुक्तानि देखि कर्मचारिहरुको सेवा समेत लेखापालको अनुपस्थितिमा प्रभावित भएको नगरवासीको गुनासो छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !