Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बि.ओ.पी. प्रमुखहरुलाई डिआइजी ब्रम्हचार्यको निर्देशन, बल पुर्वक रोक्ने भन्दा रोकिने व्यवस्था मिलाउनुस

  • जनकपुरधाम, भदौ १० गते बुधबार ।।।
  • जनप्रभाब / सम्बादाता

प्रदेश २ का ८ वटै जिल्लाहरुमा कोरोना भाइरस ( कोभिड- १९ ) को संक्रमण तिव्र गतिमा फैलिरहेका बेला सशस्त्र प्रहरी बलका सिमा हेर्ने सम्पुर्ण बि.ओ.पि.का नयाँ कमाण्डरहरुलाई भाद्र यसै साता बर्दिबास स्थित छिन्नमस्ता बाहिनीमा आयोजित एक कार्यक्रममा कोभिड- १९ रोकथाम एवम् सुरक्षा परिचालनमा सशस्त्र प्रहरी बलको भुमिका सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, कार्य तथा सीमा सुरक्षा विभागका ए.आई.जी. रामशरण पौडेल र बाहिनीपति डिआईजी कृष्णभक्त ब्रम्हचार्यले आवश्यक निर्देशन दिनुभयो।

11

ए.आई.जी. पौडेलले कोरोना महामारीका कारण राष्ट्रनै अक्रान्त भईरहेका बेला लामो समय देखि लकडाउन र निषेधाज्ञाको चपेटामा परिरहेका जनताहरुसँग संयमित भई व्यवहार गर्न र सीमामा हुने आवत जावतमा कडाई गर्न छिन्नमस्ता बाहिनीमा उपस्थित कमाण्डरहरुलाई लाईभ भिडियो स्ट्रिमिङ्ग मार्फत निर्देशन दिनु भएको हो। वहाँले भन्नुभयो,

“खुल्ला सीमामा आमनागरिकको आवत जावत बल पुर्वक रोक्नु समस्याको समाधान होईन, नागरिकमा कोरोना संक्रमण त्यसको असर र सम्भावित क्षतिका बारेमा चेतना जगाई स्वस्फूर्त रुपमा आफै रोकिने व्यवस्था मिलाउनुस”।

कार्यक्रममा छिन्नमस्ता बाहिनीका डि.आई.जी. कृष्णभक्त ब्रम्हचार्यले सीमामा खटिने नयाँ कमाण्डरहरुलाई चुनौतिपुर्ण समयमा कुनै पनि प्रकारको विवाद नआउने गरी कार्यसम्पादन गर्न तथा सीमापार अपराध, लागुऔषध तथा हातहतियारको अवैध ‌ओसारपसार र राजश्व छली हुने तस्करीजन्य क्रियाकलापलाई नियन्त्रण गर्न अहोरात्र लागी पर्न निर्देशन दिनुभयो। वहाँले भन्नु भयो,
“दशकौ देखि सीमामा निर्वाध आवत जावत गरिरहेका दुवै देशका नागरिकलाई हामीले ६ महिना देखि रोकिरहेका कारण वहाँहरु हामीसँग रिसाउनु भएको हुन सक्छ वहाँहरुको रिसलाई मुस्कानले जित्‍नुस, भद्र अवरोधसँगै महामारी र संक्रमणको संभाव्यता बोध गराउनुहोस”।

15

केहि महिना अघि सम्म फाट्टफुट्ट देखिने संक्रमितहरु प्रदेश सरकारले परिक्षणको दायरालाई फराकिलो बनाएसँगै नं. २ प्रदेशमा संक्रमितहरुको संख्या एक्‍कासी बढ्न थालेको छ। जनस्तरमा कोरोना सचेतना बढाउदै केन्द्र, प्रदेश तथा स्थानिय सरकारद्धारा जारी गरिएका निषेधाज्ञा पालना गराउने र सीमामा हुने निर्वाध आवागमनलाई नियन्त्रण तथा रोकथाम गर्न लामो समयदेखि खटिरहेका सुरक्षा कर्मीहरुमा पनि कोरोना संक्रमणको दर तिव्र हुदै गएको छ। प्रदेश नं.- २ मा हालसम्म PCR परिक्षण गरिएका १ हजार २ सय ९३ सशस्त्र प्रहरी मध्ये ८१ जनामा संक्रमण पाईएको छ भने १6 जना संक्रमण मुक्त भई आ-आफ्नो कार्यालयमा छुट्टै Quarentine मा रहेका छन् जसमा Active 65 जना हाल Isolation मा रहेका छन्। सशस्त्र प्रहरीले नं. २ प्रदेशका २० स्थानमा ५ सय ५१ बेड क्षमता रहेको क्वारेन्टाईन समेत निर्माण गरेको छ। महामारी नियन्त्रणकै लागी आवश्यक परे सीमा ईलाकामा आवत जावतको अनुगमन गर्न प्रदेश सरकारसँगको समन्वयमा प्राप्त ८ वटा ड्रोन समेत परिचालित गरिने र सशस्त्र प्रहरी निरिक्षक समेतको सहभागिता रहने भारतसँग सीमा जोडीएका जिल्लाका १ सय ३३ वडाहरुमा सम्बन्धित वडाका वडा अध्यक्षको अध्यक्षतामा गठित सीमा निगरानी समितीलाई थप प्रभावकारी बनाई सीमामा हुने गतिबिधिको निगरानी अवलोकन र “सुरक्षा नागरिक समन्वयात्मक सहभागीता अभियान” संचालन गरी आवागमनलाई थप कडाई गरिने सशस्त्र प्रहरीले जनाएको छ।

10

लकडाउन पश्चात राज्यले तोकिएका सीमा नाकाबाट औपचारिक रुपमा नेपाल प्रबेश गरेकाहरुको कन्ट्याक्‍ट ट्रयाकिङ्ग निरन्तर नहुदा कोरोना महामारी फैलिएको कुरालाई मुख्य केन्द्र बनाई त्यस्ता व्यक्तिहरुको खोजी गरी क्वारेन्टाईन तथा आईसोलेशनमा राख्न सक्रिय हुदै आएको र छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी सीमा पार अपराध नियन्त्रणको दायरा फराकिलो पार्दै कार्य सम्पादन गरिरहेको बाहिनीले जनाएको छ।

लामो समयसम्म परिवारबाट टाढा रहि अग्रपङ्गतिमा सीमामा निरन्तर खटिनु पर्ने, खुल्ला सीमामा नेपाल र छिमेकी मुलुकमा हुने आवत जावतलाई रोक्न क्रियाशिल रहनु पर्ने, होल्डिङ्ग सेन्टर तथा क्वारेनटाईनको रेखदेख तथा अन्य विषम परिस्थितिमा परिचालित हुनु पर्ने र कोरोना बिरुद्धको सचेतना र सुरक्षात्मक उपायको बारेमा संक्रमित नगर, गाउँ तथा बस्तीहरुमा पुगी सेवा प्रवाह गर्नु पर्ने भएकाले सशस्त्र प्रहरीमा पनि संक्रमण बढ्न सक्ने सशस्त्र प्रहरीको नं. २ छिन्नमस्ता बाहिनीले जनाएको छ। बाहिनीले कोरोना सँग सम्बन्धित सुचना, असर तथा अवस्थाका बारेमा अध्यावधिक रहन एवम् सुरक्षा परिचालनको रणनैतिक योजना तय गरी सोही अनुरुप परिचालन प्राथमिकता निर्धारण गर्न जिल्लाका प्रत्येक गण र बाहिनीमा CRC (CRICES RESPONSE CELL) खडा गरि कार्य गर्दै आएको छ। बर्दिबास स्थित बाहिनीको CRC का अनुसार हाल सम्म नं. २ प्रदेशमा २ हजार 6 सय 11 जना आईसोलेसन र ८ सय 76 जना क्वारेन्टाईनमा रहेका छन् जसमा १ महिला र 8 बिदेशि पुरुष समेत छन्। ८ वटा जिल्लामा ५ हजार 6 सय ४५ महिला र ८6 हजार ३ सय ४६ पुरुष गरी कुल 92 हजार ९ सय ९१ जनामा भएको स्वाब संकलन र परिक्षणमा ९ हजार १ सय ५८ जनामा संक्रमण पाईएको छ भने 6३ को मृत्यु र ७ हजार १ सय ३३ को नतिजा आउन बाकी छ।

12

अग्रपङ्गतिमा रहि कोरोनासँग लडिरहेका सशस्त्र प्रहरी बलका कर्मचारीहरु एकातर्फ आफ्नो ज्यान नै जोखिममा राखी नागरिकको सुरक्षाका लागी लडिरहेका छन् भने राज्य संचालनको मेरुदणडका रुपमा रहेको राजश्व संकलनलाई मूर्त रुप दिन एवम् मौकाको फाईदा उठाई अवैध ओसारपसार तथा तस्करीजन्य क्रियाकलापमा संलग्न हुनेहरुलाई नियन्त्रण गर्न तल्लिन देखिन्छन्। गत श्रावण महिना देखि भाद्र ९ गतेसम्म मात्र सशस्त्र प्रहरीले 5 करोड २६ लाख ४१ हजार ६ सय ८२ रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ। सोही अवधीमा बिभिन्न अपराधमा संलग्न २४ जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ भने ३६ के.जी. लागुऔषध चरेस सहित ठुलो परिमाणमा अन्य लागुऔषध बरामद गरी प्रहरीलाई बुझाएको छ। आर्थिक वर्ष 2०७७/०७८ को पहिलो महिनामै ८ लाख ६८ हजार ८ सय ३३ बराबरको अवैध काठ एवम् स्रोत नखुलेको २७ लाख ९५ हजार ७ सय ३० रुपैया बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ।

7

सशस्त्र प्रहरीले गत महिनामा भएका डुबान, सवारी दुर्घटना एवम् आगलागीमा आफ्ना १ हजार ६ सय ७७ कर्मचारी परिचालन गरी नागरिकमा सेवा पुर्याएको छ। आर्थिक वर्षको गत १ महिनामा आचरण विरुद्ध कार्य गर्ने ५ अधिकृत १ जुनियर अधिकृत र ९ अन्य दर्जा गरी १५ जनालाई कार्बाही गरिएको पनि छिन्नमस्ता बाहिनीले जनाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh