- पोखरा ,भदौ १० गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले यही भाद्र ०७ गते ठूलो मात्रामा अवैध जंगली जडिबुटी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला लमजुङ बेसिशहर नगरपालिका वडा नं. ०७ बस्ने वर्ष ३८ कि सिद्धि माया तामाङ रहेकी छिन् ।
घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको हो ।
पक्राउ परेकी घरधनि सिद्धि माया तामाङको घरबाट प्रहरीले अवैध जडिबुटी डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा- ४.४ के.जी, वन आलु २.८ के.जी. गरी जम्मा ६९५.१ के.जी बरामद गरेको छ ।पक्राउ परेकि निज सिद्धि माया तामाङ तथा बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !