- बाके,भदौ १० गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति साढे १ बजे नेपालगन्ज उपमहानगरपालिका-१ निवासी ३७ बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत पुरुषको राति नै कोरोनाबाट मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो । बाँकेमा हाल कोरोना संक्रमितको संख्या ८ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनेको सँख्या ६ सय ५४ पुगेको छ ।
जसमध्ये, ५ जनाको मृत्यु भइसकेको छ भने २ सय ३ जना विभिन्न आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !