- भरतपुर ,भदौ १० गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोरोना सङ्क्रमित भेटिएका छन् । अस्पतालको आइसोलेसनबाट भागेका भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक बुधबार बिहान नुवाकोटको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएका हुन् ।
उनी त्यहाँ साईकलमा जाँदै गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवकले आफू भरतपुर अस्पतालबाट भागेर आएको बयान दिएका छन् ।
उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ । उनी मंगलबार ५ बजे भरतपुर अस्पतालबाट भागेका थिए । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो ।
केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको थियो । तर उनी अस्पतालको आइसोलेसनबाट भागेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !