काठमाडौं ,भदौ ९ गते मंगलवार ।।
जनप्रभाब
✍️केशर मल्ल
केही महिना अगाडि लगभग विदेशमा रहेका नेपाली नागरिकको रेमिट्यान्सका आधारमा देश चलिरहेको थियो ,अहिले तिनै नागरिकहरु बेसहारा भएका छ्न।उनिहरु अहिले दोस्रो दर्जाका नागरिक सरह हुन पुगेका छन् । नेपाली हुनुमा हिनताबोध महसुस भएको छ। उनीहरूको चिन्ता र चित्कारलाई कसैले पनि सुनिदिएको छैन। हिजो आफू नेपाली हुनुमा गर्व गर्ने लाखौ नेपालीहरु आज भने आफ्नो देश र आफैमाथि घृणा गर्दैछन्। आफ्नै नागरिकप्रति नेपाल सरकारले भेदभाव गरिरहेको कुरा भने नौलो होइन तर यस्तो विषम परिस्थितिमा चिन्ता र चासो नदिनु भनेको आम नागरिकहरू आशा विहिन र अभिभावकविहीन बन्नु/ बनाउनु हो।
