Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

श्याम परदेशीलाई बिर्साउने सिरहाका शिवजी यादवको ठगी धन्दा

जिल्ला प्रशासन कार्यालयमा पीडितको उजुरी

सिरहा,भदौ ९ गते मंगलवार ।। जनप्रभाब – सम्बादाता

विपन्न वर्गका युवालाई भारतको पञ्जाबमा रोजगारी लगाइदिने भन्दै ऋण दिएर पठाउने र चक्रीय ब्याज जोडेर वर्षौँसम्म उनीहरुको शोषण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा शिवजी यादवविरुद्ध उजुरी दर्ता गरिएको छ ।सिरहाको औरही गाउँपालिका–५ निवासी शिवजी यादवले विभिन्न गाउँका मुसहर समुदायलाई चक्रीय ब्याजमा रकम दिने र रकम तिर्न नसक्नेलाई भारतको पञ्जाबमा लगेर काममा लगाउने तथा उनीहरुको पारिश्रमिक आफैले लिने गरेको खुलासा भएको छ ।उनले ५/१० हजार रुपैयाँ ऋण लिएका मुसहर समुदायलाई लाखौँ रुपैयाँ ऋण बोकेको देखाएर वर्षौँसम्म काममा लगाउने र तै पनि ऋण चुक्ता नभएको भन्दै रित्तै हात घर फर्काउने गरेको पीडितहरुको भनाइ छ । त्यतिले पनि नपुगे उनले ऋणीको घरमा गएर गाईवस्तु खोलेर ल्याउने, घरखेत कब्जा गर्नेजस्ता ज्यादति गर्दै आएको पीडितहरु बताउँछन् ।जनता समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष समेत रहेका यादवले भारतको पञ्जाबमा नेपाली विपन्न समुदायका युवालाई श्रमका लागि लैजाने काम गर्दछन् । पीडितका अनुसार दैनिक ज्यालादारी काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका युवालाई पञ्जाब लैजानु अघि त्यस्ता युवाको परिवारका लागि घरखर्चको जोहो गरिदिने क्रममा उनले ऋण लगानी गर्दछन् ।कमाएर चुक्ता गर्ने सर्तमा उनीसँगै ऋण लिएका ती युवालाई उनले पञ्जाब लैजान्छन्, उनले लगाइदिएकै ठाउँमा युवाहरु काम पनि गर्छन् तर पारिश्रमिक भने पाउँदैनन् ।रोजगारदाताले शिवजी यादवलाई नै ती श्रमिकको पारिश्रमिक दिने गरे पनि शिवजीले भने कसैलाई पनि पारिश्रमिक नदिइ काममा लगाउने गरेको पीडितहरुको भनाइ छ । अहिले पैसा दियो भने तिमीहरुले खर्च गरेर सक्छौ भनेर उनी आफैले सबैको पारिश्रमिक लिएर राख्ने गरे पनि घर फर्किसक्दा समेत त्यो रकम आफूहरुले नपाएको भन्दै पीडितको समूहले न्यायका लागि स्थानीय प्रशासन गुहारेका हुन् ।कतिपयले त्यहाँ कमाएको पैसाले पनि ऋण तिर्न नसक्दा घर आएर खेतबारी बेचेर शिवजी यादवको ऋण तिर्ने गरेको औरही गाउँपालिका इट्टाटारका स्थानीय नेता कवुली पासवानले बताए ।नेतीलाल सदाले आफू पञ्जाव जानुअघि घरखर्चका लागि शिवजी यादवबाट १५ हजार रुपैयाँ लिएका थिए । पाँच वर्षसम्म काम गरे पनि त्यो रकम अझै चुक्ता गर्न नसकिएको उनको भनाइ छ ।उनले भने, ‘जति कमाएको थिएँ, सबै उहाँलाई नै दिएँ, तै पनि अझै चुक्ता भएको छैन भनेर वर्षेनि तमसुक बनाउँदै आइरहनु भएको छ ।’आफूले काम गरेको सम्पूर्ण रकम र बुवाआमाले समेत ४० हजार रुपैयाँ तिर्दा समेत १५ हजार रुपैयाँको सावाँब्याज चुक्ता नभएको भन्दै शिवजीले अझै असुलउपर गराउन खोजेको उनको भनाइ छ ।कलेश्वर सदाले आफ्नो छोरालाई पाँचवर्षदेखि शिवजीले श्रमका लागि लगेको बताए । ‘अहिलेसम्म पनि ऋण चुक्ता भइसकेको छैन भनेर उसले उतै काम गरिरहेको छ,’ उनले भने, ‘ऋण चुक्ता नगरी घर फर्कन नमिल्ने भयो भनेर बेलाबेलामा भन्ने गर्छ ।’ यतिन्जेलसम्म पनि छोराले घरमा पैसा नपठाएको र ऋण पनि चुक्ता गर्न नसकेको उनले बताए । ‘कमाएको जनि साहु (शिवजी)लाई नै बुझाउँदै आए पनि चुक्ता भएको छैन,’ उनले भने ।नेतीलाल, कलेश्वर सदाको मात्रै होइन, औरही गाउँ वरपर पिप्रा, हरकट्टी, करहरवा, जमुवा, खजनपुर, इट्टाटर, दह्रैया, वरियारपट्टी लगायतका गाउँका सैयौं मुसहरलगायत अन्य समुदायका युवालाई शिवजी यादवले गरेको शोषणको कथा डरलाग्दो छ ।शिवजी यादवका अत्याचारका कारण महेश सदाका बुवाको मृत्यु पनि भएको छ । पञ्जावमा शिवजी यादवको ज्यादति सहन नसकेपछि महेश सदा भागेर घर फर्केका थिए । नेपाल फर्केको थाहा पाएपछि शिवजी यादव उनको घरमै पुगेर कुटपिट गर्नुका साथै बन्धक बनाएका थिए । त्यसैको शोकमा उनका बुवाको निधन भएको कवुली पासवानले बताए ।शिवजी यादवको ज्यादतिको विरोधमा महेश दास, फुलोदेवी सदा, रामचन्द्र सदाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रामचन्द्र सदाले भने, ‘शिवजी यादवको ज्यादति सहन नसकेर उजुरी गरेका हौं, हामीलाई विश्वास छ कि उहाँमाथि राज्यले कारवाही गर्नेछ ।’गाउँ गाउँबाट सयौँ निमुखा मुसहर युवाहरुलाई पञ्जाबमा लगेर काममा लगाउने ठेकेदारका रुपमा उनले पञ्जाबका रोजगारदाताबाट कमिशन लिन्छन् । श्रमका लागि पञ्जाब लगिएका युवाका परिवारलाई दुई÷चार हजार रुपैयाँ घर खर्चका लागि लगानी गर्ने र उनीहरुको गरिबीको फाइदा उठाउँदै तमसुकमा रकम थपेर ब्याज असुल्ने धन्दामा उनी वर्षौँदेखि सक्रिय रहँदै आएको स्थानीयवासी बताउँछन् ।यसरी नै उनी सयौँलाई शोषण गरेर करोडपति भएका छन् । आफ्नो करतुतलाई ढाकछोप गर्न उनी राजनीतिक रुपमा पनि सक्रिय छन् । पैसाकै बलमा उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा टिकट हात पारेका थिए । यद्यपि उनी ६ मतले पराजित भए ।सधै ठेक्का पट्टा गर्ने शिवजी यादवले अहिलेका प्रदेश २ का अर्थ मन्त्री विजय यादवलाई रकम दिएर टिकट खरिद गरेको चर्चा व्याप्त छ ।त्यतिमात्र होइन, उनी धर्मको आडमा पनि रकम कमाउने गर्छन् । उनी गायत्री धर्मलाई मान्छन् । जोगी जस्तो पुजापाठ समेत गर्ने उनी त्यसको नाममा पनि लाखौं रकम उठाउने गरेको स्थानीयको आरोप छ ।औरही गाउँपालिका गायत्री यज्ञ भएको थियो । त्यसका लागि उनले लाखौ रुपैयाँ चन्दा उठाएका थिए । नेपाल र भारतमा गरी उनले उठाएका रकमको हिसाब किताब माग्दा चन्दा रसिदको अधकट्टी नै हराएको भन्दै १४ लाख रुपैयाँ हिनामिना गरेको बताइन्छ ।त्यतिमात्र होइन, औरही गाउँपालिकामा एकपटक ठूलो आगलागी भएको थियो । उनले पञ्जावमा औरहीका आगलागी पीडितका लागि भन्दै लाखौँ रुपैयाँ संकलन गरेका थिए । पञ्जावी तथा नेपालीहरुबाट संकलन गरेको रकम लिएर नेपाल फर्केका उनले त्यसबाट एक रुपैयाँ पनि खर्च नगरी सबै आफैले लिएको पीडितहरुको भनाइ छ ।शिवजी यादवले औरहीमा महादेव मन्दिर बनाउने भनि पञ्जाबमा काम गर्दै आएका नेपाली कामदारबाट चन्दा संकलन गरेको अर्का एक पीडितको दावी छ । तर पछि बुझ्दा उक्त रकम उनले मन्दिरका लागि नदिएको उनले बताए ।कसैले उनीविरुद्ध बोल्ने आँट गरेमा गुण्डा परिचालन गरी कुटपिट गर्ने गरेको स्थानीयवासी बताउँछन् । अहिले पनि उनले कामका लागि पञ्जाव लगेका कतिपय युवाहरु बेपत्ता रहेको कवुली पासवानले बताए ।आफ्ना छोरा फिर्ता ल्याइदिन कतिपय आमाबुवाले शिवजीसँग हारगुहार गर्दा उल्टै हप्काएर पठाउने गरेको गुनासो फुलोदेवी सदाको छ । लिएको ऋण नतिरेसम्म छोरालाई नफर्काउने धम्कीसमेत उनले दिने गरेको स्थानीयवासीइ बताउँछन् ।उनको ज्यादति बढ्दै गएपछि आफूहरुले स्थानीय प्रशासनलाई गुहारेको पीडितहरु बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh