काठमाडौं ,भदौ ९ गते मंगलवार ।।
जनप्रभाब – सम्बादाता
काेराेना महामारी सुरू भएकाे ८ महिना भइसक्दा अहिले विश्वभर ८ लाख १६ हजारभन्दा बढी मानिसकाे ज्यान गइसकेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभर ८ लाख १६ हजार ५७४ जनाकाे भाइरस संक्रमणकै कारण मृत्यु भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।
तर पछिल्लाे समय काेराेनाका कारण मृत्यु हुनेकाे भन्दा निकाे हुनेकाे दर तीव्र रूपले बढिरहेकाे छ । हाल दैनि २ लाख भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् भने त्यति नै मात्रा दैनिक निकाे हुनेकाे संख्या बढिरहेकाे छ ।
वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार पछिल्लाे २४ घण्टा (साेमबार) मात्र विश्वरभर एकैदेनिमा २ लाख १३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । तर त्याेभन्दा बढी दैनिक निकाे हुनेकाे संख्या रहेकाे छ । साेमबार एक दिनमा विश्वभर २ लाख ७४ हजार ८६० जना काेराेना संक्रमणबाट मुक्त भएका छन् ।
दैनिक संक्रमित थपिनेमा भारत अहिले विश्वकै अगाडि देखिन्छ । तर निकाे दरमा भने ब्राजिल अगाडि छ । साेमबार भारतमा ५९ हजार ६९६ जना संक्रमित थपिएका छन् । तर त्यहाँ एक दिनमा त्यसभन्दा बढी ६६ हजार ३०५ जना निकाे पनि भएका छन् । दैनिक मृत्यु संख्यामा पनि भारत अगाडि छ । त्यहाँ साेमबार काेराेनाबाट ८५४ जनाकाे ज्यान गएकाे छ । भारतमा अहिलेसम्म ३१ लाख ६४ हजारभन्दा बढी मानिस संक्रमित भएकाेमा २४ लाख ३ हजारबढी चाहिँ निकाे भइसकेका छन् । अहिलेसम्म त्यहाँ काेराेनाबाट ५८ हजार ५४६ काे मृत्यु भएकाे छ ।
उता ब्राजिलमा पछिल्लाे २४ घण्टामा काेराेनाका २१ हजार ४३४ नयाँ संक्रमित थपिएका छन् । तर त्यहाँ एक दिनमै ६९ हजार ७१ जना निकाे पनि भएका छन् । ब्राजिलमा अहिलेसम्म ३७ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएकाेमा कुल २७ लाख ७८ हजारभन्दा बढी निकाे भइसकेका छन् । बाँकी ७ लाख ३३ हजारबढी सक्रिय संक्रमित रहेका छन् । त्यहाँ साेमबार काेराेनाबाट ६७९ जनाकाे ज्यान गएसँगै कुल मृतक संख्या १ लाख १५ हजार ४५१ पुगेकाे छ ।
यसैगरी संयुक्त राज्य अमेरिकामा साेमबार ४१ हजार ४८४ नयाँ संक्रमित थपिएका छन् भने साेहि दिन ५० हजार ९१८ जना निकाे पनि भएका छन् । हाल त्यहाँ कुल संक्रमित संख्या ५९ लाख १५ हजार नाघेकाे छ भने अहिलेसम्म ३२ लाख १७ हजारभन्दा बढी मानिसचाहिँ संक्रमणमुक्त भइसकेका छन् । साेमबार त्यहाँ काेराेना संक्रमणबाट ५१० जनाकाे ज्यान गएसँगै अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ लाख ८१ हजार ११४ पुगेकाे छ ।
यसैगरी काेलम्बियामा पनि साेमबार १० हजार ५४९ जना संक्रमित थपिएका छन् भने साेही दिन १० हजार १४१ जना संक्रमणमुक्त पनि भएका छन् । त्यहाँ साेमबार काेराेनाबाट २९६ जनाकाे ज्यान गएकाे छ र हालसम्म कुल मृतक संख्या १७ हजार ६१२ पुगेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !