बारा,भदौ ९ गते मंगलवार ।।
जनप्रभाब – सम्बादाता
बारामा लागू औषध सहित दुइजना पक्राउ परेका छन । आइतबार राती ११.३० बजेको समयमा इलाका प्रहरी कार्यलय सिमराबाट खटिएको प्रहरीको टोलीले जिल्लाको जीतपुरसिमरा उपमहनागरपालिका वडा नं.१४ दुधौरा खोला नजिकैबाट लागूऔषध गंजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ l
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ बस्ने ६० बर्षीय सत्यनारायण राम र त्यही ठाउ बस्ने ४४ बर्षीय राजनाथ दास रहेको प्रहरीले जनाएको छ l पक्राउ परेका दासद्वोयले लुकाई छिपाई बोकी ल्याउदै गरेको बोरमा संकाको आधारमा चेकजाच गर्दा राजनाथको बोराबाट २ किलो र सत्यनारायणको बोराबाट २ किलो ५ सय ग्राम लागूऔषध गंजा बरामद भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ l पक्राउ परेका दुबै जनालाई प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ l
यसै बिच बारा प्रहरीले जिल्लाको देवताल गाउपलिका वडा नं.२ बाट लागूऔषध गाँजा बरामद गरेको छ l गयराती ११:३० बजेको समयमा लागूऔषध बोकी आउदै गरेको परिचय नखुलेको ब्यक्तिले प्रहरीको गस्ती टोली देखेर आफै बोकेको बोरा फलेर भागेको र सो बोरो खेलेर हेर्दा १० किलो गाँजा बरामद भएको परिले जनाएको छ l
फेसबुकबाट तपाईको प्रतिक्रिया !