Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विशालबजारको अन्त्यहीन भ्रष्टाचार मुद्दा : अति भो ‘श्रीमान’ चौधौं पल्ट पेशी चढ्दै, लड्किँदै

  • काठमाडौं ,भदौ ८ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

काठमाडौंको मुटुु न्युरोडस्थित विशाल बजार कम्पनी लिमिटेडको भ्रष्टाचार विवादले १५ वर्ष नाघेको छ । गणतन्त्र आउनुअघि शुरु भएको भ्रष्टाचार विवाद एकपल्ट अदालतबाट निप्टारा भइसकेपछि मुद्दामाथि मुद्दा गर्दै खिचोला गरेका कारण आजसम्म गिजोलिएको हो । सरकार र निजी क्षेत्रको स्वामित्व रहेको भ्रष्टाचार मुद्दा अहिले फेरि सर्वोच्च अदालतको पूर्ण इजलासमा अल्झिएको छ ।

टेन्डरबाटै भाडा दिँदा प्रचलित दररेट भन्दा अत्याधिक चर्को पर्ने गरी प्रति वर्ग फिट १ सय १५ रुपैयाँभन्दा बढी तिरेको भेटिएपछि अख्तियारले कम्पनीका फाइल खिचेको थियो । प्रतिवर्गफिट सय रुपैयाँको तलमाथि गर्दा पनि एकै तलामा २० लाख रुपैयाँको खेलोफड्को हुन्छ । भुइँतलाबाहेक तीन तला र दक्षिणपट्टि अर्को भवनसमेत भाडामा छ ।

सञ्चालकहरूले पसल भाडामा लिनका लागि सेयर सदस्य हुनैपर्ने बाध्यात्मक व्यवस्था गरेका थिए । आफैंले सटर भाडामा लिएर १० गुणा बढीसम्म भाडामा लगाउने खेलसमेत चल्यो । एकपल्ट भाडामा लिएर त्यसलाई फेरि भाडामा दिन नमिल्ने नियमावलीको प्रावधानविपरीत व्यवसायीको स्वार्थमा चलखेल गरिएको थियो । निजी लाभ हुने गरी भाडा लिने गरेको एउटा विवादमा दायर भएको मुद्दामा विशेष अदालतले प्रतिस्पर्धाबाट भाडामा लगाउन आदेशसमेत दिइएको थियो ।

अख्तियारले सेयरसँग गाभिएका र नगाभिएका पसलको भाडादरमा आकास र जमिनको अन्तर देखिएको भन्दै छानविन प्रतिवेदन तयार गरेको थियो । शेयरधनी रहेका खाद्य संस्थान, नेसनल ट्रेडिङ र कृषि सामाग्री संस्थान भने कुनै भूमिका दिइएन । ३ सय ६० वटा पसलमध्ये २ सय ४७ वटामा सेयरधनीले नै लिएर फेरि अत्यन्त महँगोमा अरूलाई नै भाडामा दिने बदमासी गर्दै आएका छन् । शेयरधनी रहेको नेसनल ट्रेडिङ कम्पनीले त एउटा सटरमात्रै पाएको छ ।

पसल सटर बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी भाडामा दिनुपर्नेमा मिलेमतोमा बेच्ने र सेयरधनीले तेस्रो व्यापारीलाई महँगोमा भाडा दिने गरेको उजुरी पछि अख्तियारले छानविन थालेको थियो । विशेष अदालतले दिएको आदेशलाई लत्याएर संचालकले फेरि पनि तजविजी रुपले भाडामा लगाए । यही खिचलोका बीच सरकारलाई कति, निजी व्यवसायीको भागमा कति हिस्सा लाग्ने भनेर सर्वोेच्चमा अर्को मुद्दा दायर भयो । यो विवादमा एकपल्ट सर्वोच्चले नै विशाल बजारको सडक भाडामा भ्रष्टाचार भएको ठहर गरिसकेको थियो । २०७३ साल मंसिर १६ गते पहिलो फैसला भएको देखिन्छ ।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले २०७३ मंसिर २६ गते विशाल बजार प्रकरणमा भ्रष्टाचार भएकै ठहर ग¥यो । यो फैसलाविरुद्ध संचालक सुन साहु रवीन्द्रलाल श्रेष्ठलगायतले पुनरावलोकन दिए । कायममुकायम प्रधानन्यायाधीश भएका बेला दीपकराज जोशी मुद्दामा पुनरावलोकनका लागि अनुमति प्राप्त भयो । जोशीको पालादेखि मुद्दाले अनेक हाँगाविँगा निकाल्दै अहिलेसम्म गिजोलिएको छ । यही भ्रष्टाचारी ठहर गरेको निर्णयमा अहिले फेरि परीक्षण हुँदैछ ।

यही विवादमा २०७७ साउन १५ गते पेसी तय भएको थियो । यो विववादमा हालसम्म १४ पल्ट मुद्दामा पेसी तोकिएको छ । यस बीचमा ४२ न्यायाधीशको इजलासमा पेसी तोकिइसकेको छ । तर एकपल्ट सुनुवाई हुन सकेको छैन । पछिल्लोपल्ट सर्वोच्चका न्यायाधीशहरू मीरा खडका, हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको विशेष इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने भएपछि फेरि सुनुवाई लड्किएको छ ।

विशाल बजार कम्पनी भ्रष्टाचार प्रकरणमा विशेष अदालतमै दुइवटा मुद्दा चलेका थिए । अख्तियारले चलाएको दोस्रो मुद्दामा फैसला सुनाउँदै विशेषले १० करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर ग¥यो । भाडा र बिल बिनाको खर्च भ्रष्टाचार भएको भन्दै अदालतले तत्कालीन अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरूलाई जरिवाना तथा कैद ठेक्ने फैसला सुनायो । २०७६ साल असोज १ गते यो फैसला भएको हो । यो विवाद पनि अहिले सर्वोच्चमै गएर अल्झेको छ । विशेषले यो फैसलामा विशाल बजारको पसल खुला प्रतिस्पर्धाबाट भाडामा नदिएको ठहर गरेको छ ।

सस्तोमा भाडामा लिएर अन्य व्यक्तिलाई फेरि बहालमा दिएको, कम्पनीको कोषबाट स्वेच्छाचारी रूपमा खर्च गरिएको र कम्पनीलाई ठूलो आर्थिक हानिरनोक्सानी पुग्न गएको निचोड विशेष अदालतको छ । कम्पनीका सञ्चालकहरूबाट विशाल बजारलाई ९ करोड ७४ लाख ८० हजार रुपैयाँ नोक्सानी भएको ठहर दोस्रो मुद्दाको फैसलामा छ ।

तत्कालीन राजा महेन्द्रले सस्तो र सुलभ दरमा उपभोग्य सामानको व्यवस्था मिलाउन विशाल बजार कम्पनी गठन गर्न आदेश दिएका थिए । पञ्चायतकालमा अञ्चलाधीशसमेत सञ्चालक हुने यो कम्पनीले सेयरधनीलाई मात्रै भवनको सटर भाडामा दिने व्यवस्था गरेको थियो । शिालबजारमा सरकारी संस्थानहरूको एकतिहाइ सेयर छ । तर निजी सञ्चालकहरूको दबदबाका कारण अधिकांश सटरहरू सेयरधनीहरूले आफ्नो कब्जामा लिएर व्यापारीहरूलाई कालो बजारीमा बेच्ने अपराध गर्दै आएका छन् । साँघु

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh