काठमाडौं ,भदौ ८ गते सोमबार ।।
जनप्रभाब – सम्बादाता
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले २ जनालाई प्रतिबन्धित लागूपदार्थ साढे ६ केजी अफिमसहित पक्राउ गरेको छ ।
बेच्नका लागि कालो झोलामा बोकेको अफिमसहित काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिकाको शेषमती सानो पुल नजिकबाट उनीहरु पक्राउ परेको थापाले बताए ।
पक्राउ परेका विकले कारोबारमा शंका हुने देखेर बच्न राउतलाई साथमा लिएको खुलेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !