लहान,भदौ ८ गते सोमबार ।।
जनप्रभाब – सम्बादाता
सिराहाको लहान नगरपालिका वडा नम्बर -२२ वर्षीय कोरोना भाइरस संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनु भयो ।
मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !