काठमाडौं ,भदौ ८ गते सोमबार ।।
जनप्रभाब – सम्बादाता
नेपाल प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान गाउँपालिका-८ घर भई हाल नयाँबानेश्वर बस्ने १९ वर्षीय रमेश कुमार बिक लागायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका-८ नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८ प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथी नै हातपात र ढुङ्गा प्रहार गरी लखेटी रहेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।
सोलुखुम्बु, प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-६ बस्ने २५ वर्षीय बिजय मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुधकुण्ड नगरपालिका-११ रमिते बजारस्थित अस्थाई प्रहरी पोष्ट रमितेबाट खटिएको प्रहरीलाई रमिते बजारको होटलमा मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले सम्झाउन खोज्दा युनिर्फम तानी सिठी कर्ड समेत चुडाई लडाई लात्ती, रक्सीको बोतल र क्यान बियरले प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
