काठमाडौं ,भदौ ८ गते सोमबार ।।
जनप्रभाब – सम्बादाता
फ्रण्टलाइनमा काम गर्दै आएका प्रहरीमा कोरोना संक्रमण देखिने क्रम बढिरहेको छ । पछिल्लो दुई सातामा मात्र प्रहरीमा उच्चदरमा संक्रमण देखिएको छ।
अहिलेसम्म नेपाल प्रहरीका दुई डीआईजीसहित १ हजार १ सय ४२ मा संक्रमण पुष्टि भैसकेको छ । तीमध्ये ७ सइ ४४ जना सक्रिय संक्रमित छन् । ३ सइ ९८ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय १ र काठमाडौं उपत्यकाका ७९ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ५३, प्रदेश २ मा १ सय २६, बागमती प्रदेशमा ५०, गण्डकीमा २८, प्रदेश ५ मा ७९ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १२ जना सक्रिय संक्रमित छन् ।
देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !