काठमाडौं ,भदौ ८ गते सोमबार ।।
जनप्रभाब-सम्बादाता
देशभर ३० जना पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
नेपाल पत्रकार महासँघले देशभर ३० जना पत्रकारहरुमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले निशुल्क परीक्षणको माग पनि गरेको छ।
फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निशुल्क पीसीआर परीक्षण गरिदिन महासंघले माग गरेको छ।
स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पत्रकारहरुलाई पनि महासंघले आग्रह गरेको छ।
अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाइदिन महासंघले सञ्चार प्रतिष्ठानहरूलाई आग्रह गरेको छ।

















