जनकपुरधाम भदौ ८ गते सोमबार ।
जनप्रभाब -सम्बादाता
कोरोना भाइरस (कोभीड-१९) टेष्टका लागि जनकपुरधाममा रहेको प्रदेश २ को प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठन थालेको हो । जानकार चिकित्सकहरुका अनुसार प्रयोगशालामा रहेका कर्मचारीहरुले गैरजिम्मेवारी रुपमा रिपोर्ट लेखिरहेका छन् ।
जनकपुरधामको प्रमुख नसर्गि होम काब्या अस्पतालमा ९ दिनअघि १३ जनाको कारोना टेष्टका लागि स्वाव संकलन गरिएको थियो तर आइतबार रिपोर्ट सार्वजनिक गर्दा १८ जना सो अस्पतालका कर्मचारी संक्रमित रहेका प्रदेश २ का समाजिक विकास मन्त्रालयले जनाएका छन् । मन्त्रालयले प्रयोगशालाको रिपोर्टको आधारमा प्रत्येक दिन विज्ञप्ति निकाल्ने गर्छन् ।
काब्या अस्पतालका प्रमुख डा. एसके सिंहले यसप्रकारको रिपोर्ट सार्वजनिक गर्दा प्रयोगशालाको विश्वसनियतामाथि प्रश्न उठन थालिएको छ । आफूहरुले टेष्टको भेरिफाई गर्दा १३ जना टेष्ट गराएको मध्ये १० जना मात्रै संक्रमित रहेका छन् । स्याव संकलन गरिएकै दिन टेष्ट गरिएकाहरुलाई काब्याको आइसोलेशनमा राखिएको उनले जानकारी गराए । काब्याले १० वार्डको प्रि आइसोलेशन बार्ड पनि संचालन गरेको छ ।
यसअघि पनि काब्या अस्पतालमा ुूई जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक प्रयोगशालाले रिपोर्ट सार्वजनिक गरेको थियो । जबकि जनकपुरधाम ६ का मात्रै एकजना सो अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । एकजना बैंककर्मी मरेको रिपोर्ट दिएपनि अन्य अस्पतालमा त्यसको उपचार भइरहेको पछि थाहा भएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता झाको रिपोर्टमा पुरुष लेखेर प्रदेश प्रयोगशालाले सार्वजनिक गरेपछि सो घटनालाई लिएर पनि प्रयोगशालाको आलोचना भएको थियो । शुरुका दिनमा पटक पटक मशिन बिग्रने गथ्र्यौ भने अहिले रिपोर्टमाथि प्रश्न उठन थालेको छ ।
यस विषयमा प्रयोगशालाका अधिकारीहरुसंग सम्पर्क गर्दा मिडियामा कसैले बोल्न चाहेनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !