- बेंसीशहर , भदौ ७ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
बेंसीशहर नगरपालिका वडा नम्बर-९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको हो ।
बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको छ ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनु भयो ।
अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ ।
मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !