- जनकपुरधाम , भदौ ७ गते आइतबार ।।
- जनप्रभाब – आलोक यादव
बाराको पचरौता नगरपालिका वडा नम्बर – ९ लङ्गडा चौक नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले लागूऔषध गाजा बरामद गरेको हो । टाउकोमा बोकि भारततर्फ गइरहेको अबस्थामा बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनिबाट खटिएको बिशेष टोलिले गाजा बरामद गरेको हो ।
प्रदेश नम्बर २ मा डिआइजी कृष्ण भक्त ब्रम्हचार्य आउनसाथ नेपाल र भारतको सीमा नाकाको साथ साथै भित्रि ग्रामीण भेगहरूमा समेत सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन । बिशेष सूचना आउनसाथ डिआइजी ब्रम्हचार्यको आदेशमा २ नम्बर बाहिनीबाट खटी आएको टोलिले ४ वटा बोरामा रहेको करीब ८० किल्लोग्राम लागूऔषध गाजा बरामद गर्न सफल भएका थिए ।
शुक्रवार राती करीब ९ बजेको समयमा टाउकोमा बोकि भारततर्फ लग्दै गरेको अवस्थामा बिशेष टोलिलाइ हेर्नसाथ तस्कर फरार भएपनी लागू औषध गाजा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
यता बरामद भएको लागूऔषध गाजा अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !