- काठमाडौं ,भदौ ६ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समस्या र समाधानका बारेमा सुझाब दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई आज सनिवार बुझाएको हो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले एकसाताको गृहकार्यपछि सहमति सहित विबाद समाधानको सुझाव समेटेर प्रतिवेदन शनिवार अपरान्ह अध्यक्षद्वयलाई बुझाएको छ।
प्रतिबेदनमा ‘पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निश्कर्षमा पुर्याउने कुरालाई बुदागत रुपमा उल्लेख गरिएको छ । प्रतिबेदनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ५ बर्ष नै सरकारको नेतृत्व गर्ने , पार्टी कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डले संञ्चालन गर्ने लगायतका कुरा उल्लेख गरिएको छ । सरकारले गर्ने काम कारबाही पार्टीको सल्लाह र सहमतिमा गर्ने , सरकारको काम कारबाहीलाई प्रभाबकारी बनाउन मन्त्रीमण्डल पूर्नगठन गर्ने तथा आबश्यक परे प्रदेश सरकारहरुमा समेत हेरफेर गर्ने कुरा पनि प्रतिबेदनमा समेटिएको कार्यदलका एक सदस्यले बताउनुभयो ।
गएको साउन ३० गते शुक्रवार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गर्नुभएको थियो । कार्यदललाई साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले दिएको प्रतिवेदन अध्यक्षद्वयले अध्यायन तथा आबश्यक परे संशोधन सहित सचिवालयको बैठकमा पेश गर्ने र सचिवालय बाट स्थायी समितिको बैठकमा पेश हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !