- पर्सा,भदौ ६ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
पर्सा जिल्ला को ठोरी गाउँ पालिका मा ३ जनामा कोरोना संक्रमण को पुष्टि भएको छ । बिरगंज को नारायणी अस्पताल स्थिति पिसिआर प्रयोगशालमा गत शुक्रबार गरिएको परिक्षण मा ठोरी गाउँ पालिका वडा नम्बर १ सरस्वती नगरका एकै परिवार को दुई जना सहित ३ जना मा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित ३ जना पुरुष रहेको बताएको छ। ठोरी गाउँ पालिका सवास्थय संमयोजक रमेश थिङ्ग का अनुसार ठोरी गाप वडा नम्बर १ का ६८ बर्षिय र ३४ बर्षिय पुरुष मा कोरोना पोजेटिभ भेटिएको हो । उनिहरु दुबै जना बाबा छोरा समेत रहेको बताएको छ । यस्तै अर्का ब्यक्ति नि ठोरी गाप वडा नम्बर १ का २६ बर्षिय पुरुष मा नि कोरोना पोजेटिभ भेटिएको हो ।
संक्रमित बाबा छोरा केही दिन अगाडि मात्रै काठमाडौ मा उपचार गराइ साउन २६ गते ठोरी घरमा फर्किएर होम क्वारेन्टाइन मा बसेका थिए । उनिहरुको भदौ २ गते होम क्वारेन्टाइन बाट स्वाब संकलन गरि परिक्षण गरिएको मा आज दुबै जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको हो । उनिहरु दुबै जना यतिबेला होम आइसेलनमा रहेको बताएको छ ।
यस्तै अर्का एक जना कोरोना संक्रमित २६ बर्षिय युबा केही दिन अगाडि दुबई बाट नेपाल आइ ठोरी गाप वडा नम्बर ४ को क्वारेन्टाइन मा बसेका थिए। क्वारेन्टाइन बाट स्वाब संकलन गर्दा आज तिनी युवा को नि कोरोना पोजेटिभ फेला परेको हो । संक्रमित २६ बर्षिय युवालाई अहिले छुट्टै आइसेलनमा राखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !