- लहान,भदौ ६ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
इलाका प्रहरी कार्यालय लहानमा थुनुवा र प्रहरी गरेर ३१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय लहान सहित सिरहा जिल्लामा आज ४१ जना सङ्क्रमित भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, इलाका प्रहरी कार्यालय लहानमा २२ जना प्रहरी, ८ जना थुनुवा र एक जना कारागार पठाइएको गरी ३१ जना संक्रमित छन ।
पशुपति आदर्श माध्यमीक विद्यालयको क्वारेन्टाइनमा एक जना, धनगढीमाई नगरपालिका स्थित नयनपुर अस्पतालका दुई जना स्वास्थ्यकर्मी र दुई जना सर्वसाधारण गरी चार जना तथा मिर्चैया नगरपालिकाका चार जना कर्मचारी तथा एक जना ६८ वर्षीय पुरुष गरी पाँच जना रहेका छन् ।
लहान नगरपालिकाका स्वास्थ्य शाखा अनुसार ईलाका प्रहरी कार्यालय लहानबाट ३९ जनाको स्वाब लिएको मध्ये शुक्रबार एक प्रहरी निरिक्षक सहित ३१ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।
उहाँले संक्रमितहरुलाई आइसोलेसनमा राख्ने स्थानको अभाव भइरहेको बताउनुभयो । सिरहामा ३ जना पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको छ भने जिल्लाभरमा करिब १३८ जना संक्रमित रहेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !