- काठमाडौं , भदौ ५ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
नौ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवतीलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्त थानकोटको विशेष अपरेशन टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठका अनुसार धादिङ गजुरी गाउँपालिका–८ की पवित्रा बलम्बुमा डेरा गरी बस्दै आएकी थिइन्, सोही क्रममा उनलाई नौ केजी चरे सहित नियन्त्रणमा लिइएको हो ।
उनका श्रीमान फूलबहादुर तामाङ फरार रहेका श्रेष्ठको भनाइ छ । खाटमुनि जेब्रा झोलामा लुकाएर राखिएको चरेससहित प्रहरीले थिङलाई नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको थानकोट प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !