- काठमाडौं ,भदौ ५ गते शुक्रबार ।।।
- जनप्रभाब-सम्बादाता
प्रहरी प्रधान कार्यालयले बिहीबार ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भाद्र महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको छ ।
महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा रहेका कृष्ण कुमार महत लागु औषध व्यूरो,काठमाडौंमा सरुवा भएका छन् भने जिल्ला प्रहरी कार्यालय सप्तरीमा रहेका कृष्ण प्रसाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषामा सरूवा भएका हुन् । यस्तै सन्तोष भट्टराई पाल्पा, सन्तोष सिंह राठौर सर्लाही र प्रविण पोखरेलको रुपन्देही सरुवा भएको छ ।
सरुवा भएका एसपीहरुको सूची





फेसबुकबाट तपाईको प्रतिक्रिया !