- सप्तरी , भदौ ४ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
उपचारको क्रममा मृत्यु भएका राजविराजका एक युवामा मृत्यु संस्कारपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
ज्वरो तथा स्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मंगलबार साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प-याए लगत्तै मृत्यु भएका राजविराज ४ निवासी २७ वर्षीय अरमान भनिने मा. तनबिर सिद्दिकीको मृत्यु संस्कार सकिएपछि बुधबार अबेर राती प्राप्त परिक्षण रिपोर्टले कोरोना पोजेटिभ भएको पुष्टि भएको हो । उनको मंगलबार राती नै स्थानिय नुरी कब्रिस्तानमा नवाज पढेर परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो ।
कोरोना संक्रमण भएको पुष्टिसँगै उनलाई अस्वस्थ्य भएका बेला भेट्न गएका, उपचारका लागि धरान लैजाँदा सँगै गएका तथा मृत्यु संस्कारमा सहभागि भएका सबैमा त्रास फैलिएको छ ।
यसैबीच कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएसँगै बिहीबार मृतकको घर सिल गरि परिवारजन तथा अन्य सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन कार्य अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !