- काठमाडौं ,भदौ ४ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
काठमाडौंको माछापोखरीबाट दुई थान पेस्तोल सहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट नुवाकोट शिखरबेंसी ६ बस्ने २७ वर्षीय विकास पण्डित र २८ वर्षीय अमर तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले दुई पेस्तोल र १० राउण्ड गोली समेत बरामद गरेको हो।
उनीहरु हतियारको कारोबारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको एसपी दीपक थापाले जानकारी दिनु भयो । विशेष सुरकाी आधारमा उनिहरुलाई पक्राउ गरिएको एसपी थापाले बताए ।

















