- सिरहा,भदौ ३ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
सिरहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । त्यस्तै ५ जना धाइते भएको छ । सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर -५ कृष्णपुरको बेलदरी टोलमा स्थानीय राजदेव राउतकी पत्नी ५४ वर्षिया सितादेवी राउतको मृत्यु भएको हो । टाउकोमा चोट लागेर अचेत भएकी राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । आरसीसी सडक ढलानको विषयमा विवादमा स्थानीय सिताराम राउत, वुधेश्वर राउत, बालदेव साह लगायतले सितादेवी राउतको घरमै पुगेर कुटपिट गरेको थियो । कुटपिटबाट विन्देश्वर देवी राउत, नागेन्द्र कुमार राउत, पूजा कुमारी देवी राउत, रोहित कुमर राउत घाईत लगायत पाँच जना धाइते भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) बिनोद घिमिरेका अनुसार अर्नमा गाउँपालिका वडा नं. ५ मा मंगलबार राती झगडा हुदा एक जना महिलाको मृत्यु भएको र पाँच जना धाइते भएको छ भने ४ जना प्रहरी नियन्त्रणमा रहेको बताएका छन् । उक्त घटना विषयमा थप अनुसन्धान कार्यभइरहेको उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !