- काठमाडौं ,भदौ ३ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
सरकारले नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्वसविच महेश दाहाललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दाहाललाई नियुक्त गर्ने निणृय भएको हो ।
बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको हो । सरकारले राजस्व सम्बन्धी नीतिगत काम गर्ने प्रयोजनका लागि स्थायी संयन्त्रको निर्माण गरेको छ ।
यससँगै अब हरेक वर्ष बजेट निर्माणका बेला बनाउने राजस्व परामर्श समितिको औचित्य सकिएको छ । स्थायी संयन्त्रले राजस्व सम्बन्धी सरकारलाई परामर्श तथा सिफारिस गर्न सक्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !