- काठमाडौं ,भदौ ३ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
केही समयअघि भारतमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोनाका बेला भारतबाट नेपाल आउने नागरिकको ब्यवस्थापनमा सजगता नअपनाउँदा अहिले नेपाल पनि कोरोना संक्रमणले ग्रस्त छ ।
सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीका हाकिम र कर्मचारी भने सीमाप्रति इमान्दार हुनुको साटो कमाउधन्दामा ब्यस्त छन् जसले गर्दा सर्वसाधारणले सास्ती ब्यहोरेको र तस्करी चम्किएको घटना सार्वजनिक भएको छ ।
भारतीय सीमाक्षेत्र सिल गरिएको भनिए पनि त्यो नागरिकलाई बेवकुफ बनाउन र देखाउन गरिएको नाटक जस्तो रहेको भन्ने कुरा २०७७ साउन २९ मा कृष्णनगर नगरपालिका २ ठकुरापुर भन्ने नाकाबाट सशस्त्रका घुमुवा सहायक हवल्दार रबिकिरण चन्दले ठकुरापुरका बृजेश यादवबाट मासिक दुई लाख लाइन खाई सेटिङ मिलाएर छोडेको मटर दालको ट्याक्टर नेपाल प्रहरीले पक्राउ गरी भन्सार बुझाएपछि प्रमाणित भएको छ ।
सो क्षेत्रमा अहिले पनि ठूलो मात्रामा संगठित तस्करी हुने गरेको पाइएको छ । सशस्त्रले एक हप्ता अघि मात्रै २९ वटा गुल्म खारेज गरी सीमा नाकामा सुरक्षा बढाउने उद्देश्यले प्रत्यक तीन जिल्लाको सीमा नाका हेर्ने गरी एक रिजर्भ गण नामाकरण गरी सशस्त्रले दरबन्दी समायोजन र सरुवा गरेको छ । जस्मा नवलपरासी, सुनौली र कृष्णनगर भन्सार हेर्नेगरी नम्बर ४१ रिजर्भ गण चन्द्रौटा कपिलवस्तुमा स्थापना गरिएको छ । जसको कमान्डर एसपी यादव विश्वकर्मा बनेका छन् । उनीमाथि बिगतमा बर्दियामा हँुदा पनि व्यापक तस्करी गरेको आरोप पहिले पनि लाग्ने गरेको थियो हो । त्यही चलन थाहा पाएका र हाल एकै ठाउँ दाङ घर भएका कारण यो सबै कुरा रविकिरण चन्दले उनी कपिलवस्तु आउनु अघि नै फोनबाट मिलाइसकेकाले यसरी दिनदहाडै खुलेआम तस्करी हुने गरेको हो भन्ने कुरा हामीलाई नाम उल्लेख नगर्ने सर्तमा कृष्णनगर भन्सारमा रहेका एक जुनियर अधिकृत सशस्त्र कर्मचारिले बताएका छन् । हाल यो सूचना बाहिनीसम्म गाईगुई पुगे पनि एसपी यादव विश्वकर्माको कार्यालय बाहिनीको प्रांगणमै भएको हुँदा ढाकछोप हुनसक्ने आसंका अरु कर्माचारीले गरेका छन् ।
यसैबीच, सशस्त्रका यसअघिका बाहिनीपति डीआइजी नारायणदत्त पौडेलले रविकिरण चन्दलाई घुमुवा राखी तस्करीको लाइन चलाएर घुस असुली गर्ने गरेको खुलेको छ । बाहिनीबाट सरुवा भएर हेडक्वाटर हल्चोक आउने दिन उनले नयाँ गएका डीआइजी किशोर प्रधानलाई चन्दलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गरेको स्रोतले बताएको छ । चन्दले नै सबै मिलाउँछ, ११ बर्षदेखि यहाँ बसेको छ भनेर पौडेलले प्रधानलाई सिफारिस गरेका थिए ।
पौडेलले नयाँ डीआइजी प्रधानसँग पनि कुरा मिलाएपछि अहिले पनि विगतमा जस्तै लाइन संचालन निरन्तर गरिरहेका छन् । पौडेलको गुन तिर्न चन्दले उनलाई बेला बेलामा काजु, पेस्ताजस्ता कोशेलीपात समेत पठाउने गरेका छन् । डीआइजी किशोर प्रधानले चन्द्रौटा बाहिनीमा बनाउन लागेको अतिथि गृहका नाममा पनि चन्दले गिटी, बालुवा र ईंटा ब्यापारीहरुसँग माग्ने गरेका छन् । नेपाल फेस
फेसबुकबाट तपाईको प्रतिक्रिया !