- लहान,भदौ २ गते मंगलवार ।
- जनप्रभाब-सम्बादाता
लहान प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – १३ भाल्टार स्थित जुवा खेलिरहेको अवस्थामा १२ जनालाई मंगलबार साँझ पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषामा मानिसहरु छन् । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२ जनामा को–को हुन् त्यस नाम प्रहरीले सार्वजानिक गरेको छैनन् । उनीहरु कौडी लिएर जुवा खेलिरहेको थियो । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीका अनुसार स्थानीय मदन बहादुर राईको झुपडी घरमा जुवा खेलिरहेको गोप्य सुचना प्रहरीले पाएको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले छापामारी गरी उनीहरुलाई पक्राउ गरेको डिएसपी थापाले जानकारी गराए ।
उनका अनुसार जुवा खेल्नेहरुसँग कौडा १६ पीस, नेपाली रुपैयाँ ३ लाख ६३ हजार ६४०, भारतीय रुपैयाँ ४ हजार ८१०, हस्ताक्षर गरी राखिएको ४ लाख ४८ हजार ३७३ रुपैयाँको चेक बरामद भएको छ ।
उनीहरुले प्रयोग गरीरहेको १४ थान मोबाइलसहित इप्रका लहानमा राखि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !