- काठमाडौं ,भदौ २ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले सहिद रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गर्नुभएको हो । सहिद यादवको २६ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बारहीमा अध्यक्ष प्रचण्डले यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गर्नुभएको छ ।

धनुषाकोगणेशमान चारनाथ नगरपालिकामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ मा जन्मिनु भएका यादव वि.सं.२०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुग्नुभएको थियो । उहाँले २०३१ मा पार्टीको सक्रिय सदस्यता पाउनुभएको थियो ।
हरेक वर्ष यही दिन सङ्घर्षको भट्टीबाट जन्मिनु भएका एक वीर क्रान्तिकारी योद्धाका रुपमा उहाँलाई स्मरण गरिन्छ । वि।सं। २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्किंदै गर्दा भाद्र २ गते प्रहरीले षड्यन्त्रपूर्वक उहाँको हत्या गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया !